काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.९९ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छ । इन्स्योरेन्सको कुल आम्दानी १२.२२ प्रतिशत बढेको छ भने कुल खर्च ११.७९ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २८ पैसा बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५९.२२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ ।
५ अर्ब १ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ ६० करोड १८ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।