काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ अंक विन्दुमा आइपुगेको छ ।
आज ७४ लाख ९१ हजार कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको १५ करोड ४६ लाख, हाथ्वे इन्भेष्टमेन्टको ८ करोड २३ लाख, चन्द्रागिरी हिल्स्को ५ करोड ९९ लाख, रिडी पावरको ५ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।