२८५ केजी गाँजासहित तीनजना पक्राउ

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ स्थित आइटी पार्क निजिकैबाट २८५ किलोग्राम गाँजासहित तीनजनालाई पक्राउ गरिएको छ । प्रहरीले सोमबार बिहान साढे ८ बजे पनौती–बनेपा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा सवारी चालक नुवाकोट, विदुर नगरपालिका–११ का ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप, रामेछाप नगरपालिका–८ का २० वर्षीय सञ्जीव तामाङ र ५३ वर्षीया विमला तामाङलाई नियन्त्रणमा लिइएको छ ।

पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डीआइ गाडीबाट २८५ केजी गाँजा प्रहरीले बरामद गरेको छ । उक्त गाडीमा प्लाष्टिकको विभिन्न आकारका ७३ बोरामा लोड गरी ल्याइएको अप्रशोधित गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । यस विषयमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स