लक्ष्मी सनराइज बैंकः विरासत गुमाएको खेतान र दुगडको सेयर हिस्सा अझै अन्यकोभन्दा बढी, कसको नाममा कति सेयर ?

काठमाडौं । कुनै बेला लक्ष्मी बैंक भन्ने वित्तिकै राजेन्द्र कुमार खेतान र सनराइज बैंक भन्ने वित्तिकै मोतीलाल दुगड भनेर सम्झने गरिन्थ्यो । उनीहरूले बैंक चलाएका थिए अर्थात बैंकमा उनीहरूकै हाली मुहाली थियो । अहिले समय फेरिएको छ । बैंकमा उनीहरूको सेयर हिस्सा बढी भएपनि विरासत भने गुमेको छ । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएपछि यो ताज खोसिएको हो । अहिले बैंकको बोर्डमा न त खेतान ग्रुपको उपस्थिति छ न दुगड ग्रुपको ।

बैंकमा दुगड ग्रुपका सबैभन्दा बढी सेयर रहेको छ भने खेतान ग्रुपको सेयर हिस्सा दोस्रो स्थानमा परेको छ । मोतिलाल दुगड तथा मालचन्द दुगडसहित ९ दुगडहरूको ११.४६ प्रतिशत सेयर रहेको छ । राजेन्द्र कुमार खेतानसहित चार खेतानहरूको सेयर ११.२९ प्रतिशत सेयर रहेको छ भने बैंकमा पाँच तातेडहरूको सेयर ४.६१ प्रतिशत छ ।

मर्जर पछि लक्ष्मी सनराइज बैंकमा लक्ष्मी कर्प नेपाल र नागारिक लगानी कोष सहित ३६ सेयरधनीको बैंकमा ०.५ प्रतिशतभन्दा बढी लगानी रहेको छ । कैलाश चन्द्र गोयल र श्रवण कुमार गोयलको ३.४१ प्रतिशत सेयर छ भने चार शारडाहरूको २.४२ प्रतिशत सेयर छ ।

सेयरधनी गोपिकृष्ण सिकारियको २.३५ प्रतिशत, रतन लाल संघईको २.३९ प्रतिशत सेयर छ । त्यसैगरी प्रियंका अग्रवाल र मानव अग्रवालको सेयर १.१५ प्रतिशत, कविता लोहियाको ०.५१ प्रतिशत र जमुना पौडयालको ०.५५ प्रतिशत सेयर छ ।
त्यस्तै बैंकमा लक्ष्मी कर्प नेपालको ७.७८ प्रतिशत, नागारिक लगानी कोषको ४.६३ प्रतिशत, हिमालयन एक्जिम प्रालिको १.९७ प्रतिशत, एमटीसी इन्भेष्टमेन्ट प्रा.लिको १.२८ प्रतिशत र राष्ट्रिय बीमा संस्थान (जीवन बीमा) को बैंकमा ०.९९ प्रतिशत सेयर छ ।

कसको नाममा कति सेयर संख्या ?
बैंकमा लगानी गर्ने नौ दुगडहरूमध्य मोतीलाल दुगड, मालचन्द दुगड, सुरेन्द्रा, विवेक दुगड, निधि दुगड, पुजा दुगड, श्रद्धा दुगड, सरोज दुगड र सुभम दुगडको २ करोड ३२ लाख ९५ हजार सेयर संख्या रहेको छ । बैकमा चार खेतानहरू सारिका खेतानको ९० लाख ३६ हजार ७२८, स्नेहा खेतानको ८४ लाख ६४ हजार ३९६, राजेन्द्र कुमार खेतानको ५० लाख ९९ हजार, पुजा अग्रवाल खेतानको १८ लाख ५८ हजार सेयर रहेको छ ।

बैंकमा सेयरधनी बच्छराज तातेडको २४ लाख ९२ हजार, विवेक तातेडको १६ लाख ७४ हजार विशाल तातेडको १६ लाख ६१ हजार, शौरभ तातेडको १६ लाख ६१ हजार सेयर छ । त्यसैगरी कैलाश चन्द्र गोयलको ४० लाख ९२ हजार, श्रवण कुमार गोयलको ३४ लाख ९६ हजार सेयर रहेको छ भने श्री निवास शारडाको १६ लाख ६१ हजार, राधेश्याम शारडाको ११ लाख ८५ हजार, पवन कुमार शारडाको ११ लाख ८५ हजार, शिव रतन शारडाको ११ लाख ८५ हजार संख्या रहेको छ ।

बैंकमा लक्ष्मी कर्प नेपालको १ करोड ६८ लाख ६२ हजार ४६८ सेयर संख्य रहेको छ । जस्को सेयर कुुल सयेरको ७.७८ प्रतिशत हो । त्यस्तै नागारिक लगानी कोषकोे १ करोड २९ हजार, हिमालयन एक्जिम प्रालिको ४२ लाख ६३ हजार, एमटीसी इन्भेष्टमेन्ट प्रा.लिको २७ लाख ७३ हजार ७४२ र राष्ट्रिय बीमा संस्थान (जीवन बीमा)कोे २१ लाख ५२ हजार ९८६ सेयर संख्या रहेको छ ।

बैंकको २३ औं वार्षिक प्रतिवेदन अनुसार कुल सेयर पु्ँजी २१ अर्ब ६७ करोड २ लाख ३७ हजार ८६० रुपैयाँ रहेको छ । बैंकका अन्य (संस्थाहरू) संस्थापकहरूको १३.८२ प्रतिशत, सर्वसाधारणहरूको ४८.९५ प्रतिशत र अन्य संस्थापक ३७.२२ प्रतिशत सेयर रहेको छ ।यद्यपि अहिले भने बैंकको सेयर पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५४ हजार ६ सय रहेको छ । बैंकले गत आवको नाफाबाट सेयर धनीलाई ७ प्रतिशत बोनस सेयर प्रदान गरेको छ । सो कारण बैंकको चुक्ता पुँजी यो अहिले बढेको हो । बैंकमा ५१.०५ प्रतिशत संस्थापक र ४८.९५ प्रतिशत साधारण सेयर रहेको छ ।

लक्ष्मी सनराइज बैंकको सेयर संरचना
अन्य (संस्थाहरू) संस्थापकः १३.८२ प्रतिशत
सर्वसाधारणः ४८.९५ प्रतिशत
अन्य संस्थापकः ३७.२२ प्रतिशत
कुल सेयर पुँजीः २१ अर्ब ६७ करोड २ लाख ३७ हजार ८६० रुपैयाँ
स्रोतः २३ औं वार्षिक प्रतिवेदन

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स