काठमाडौं । प्रत्येक व्यक्तिको आफ्नो मेहेनतको कमाइबाट आफ्नै घर बनाउने सपना हुन्छ । तर घर बनाउने सपना पुरा गर्न सीमित पैसाले पुग्दैन अर्थात कठिन हुन्छ । यस्तै ग्राहकलाई ध्यानमा राखेर बैंकले नयाँ सुलभ घरकर्जा योजना ल्याएको छ । नेपाल बैंकले आफ्ना ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने योजनासहित सुलभ घरकर्जा प्रडक्ट ल्याएको हो । बैंकको योजना अन्तर्गत ९.५५ प्रतिशत ब्याजदरमा ग्राहकले घर कर्जा पाउने छन् । बैंकले लगाएको उक्त रेट ५ वर्षसम्म परिवर्तन नहुने जनाएको छ ।
बैंकले यो योजनामा बेसरेटमा एक प्रतिशत प्रिमियम थपेर कर्जा दिने भएको हो । पुस महिनामा बैंकको बेसरेट ८.५५ प्रतिशतमा झरेको छ । सोही अनुरुप बैंकले एकल बिन्दुमा कर्जा योजना ल्याएको हो । सम्भवत यो ब्याजदर अन्य बैंकको तुलनामा सबैभन्दा सस्तो हो ।
बैंकले ल्याएको सो योजनाबाट घर निर्माण तथा खरिद दुबै गर्न सकिने छ । घर निर्माण गर्नको लागि लागतको १०० प्रतिशतसम्म कर्जा ५ कार्यदिनमा उपलब्ध गराउने प्रतिवद्धता बैंकले गरेको छ ।
बैंकको सुलभ आवास कर्जाबाट नयाँ घर निर्माण गर्न ५ लाख र सो भन्दा माथिसम्म कर्जा लिन सकिने छ । यो योजना ५ देखि २० वर्षसम्म अनुमानित खर्चको १०० प्रतिशतसम्म कर्जा लिन सकिने छ भने धितो उचित बजार मूल्य (एफएमभी)को ७० प्रतिशतसम्म लोन लिन सकिने व्यवस्था बैंकले गरेको हो ।
यसका साथै बैंकले ग्राहकहरूलाई बजारको प्रतिस्पर्धात्मक सस्तो ब्याजदर तथा लचिलो विषेशता सहित छिटो छरितो रुपमा कर्जा प्रदान गरि नयाँ घर बनाउन, तल्ला थप गर्न, पुनःनिर्माण गर्न तथा घर खरिद गर्नको लागि बैंकले धेरै अघि देखि घर कर्जा पनि उपलब्ध गराउँदै आएको छ ।
घर निर्माण गर्न घरमर्मत/संम्भार/जिर्णोदार/तला थप गर्नको लागि ५ लाखदेखि सो भन्दा माथि ऋण लिन सकिने व्यवस्था रहेको छ । बैंकबाट लिएको उक्त कर्जा २० वर्षे अवधिस हुनेछ । भवन तथा जग्गा (धितो)को उचित बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था बैंकले गरेको छ ।
नेपालक्ष्मी महिला घर कर्जा
बैंकले नेपालक्ष्मी महिला घर निर्माण गर्न ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । यो कर्जा योजना अन्तर्गत बैंकले १५ वर्ष सम्म अनुमानित खर्चको आधारमा भवन तथा जग्गाका एफएमभीको ६० प्रतिशत सम्म कर्जा लिन सकिनेछ ।
इच्छुक व्यक्तिहरूले घर खरिद गर्न बैंकबाट १५ वर्षसम्म, भवन तथा जग्गाका एफएमभीको ७० प्रतिशत सम्म र घरमर्मत/संम्भार/जिर्णोदार/थप निर्माण गर्न ख१० वर्षसम्म अनुमानित खर्चको आधारमा भवन तथा जग्गाको एफएमभीको ६० प्रतिशतसम्म कर्जा लिन सकिनेछ ।
बैंकले पेशागत/प्रोफेशनल घर कर्जा भनेर नयाँ घर निर्माण गर्न ४ लाख रुपैयाँ र सो भन्दा माथि २ देखि २० वर्षसम्म अनुमानित खर्चको आधाारमा ऋण लिन सकिने व्यवस्था गरेको छ भने घर खरिद गर्नलाई ५ देखि २० वर्षसम्म भवन तथा जग्गाको एफएमभीको ७० प्रतिशतसम्म लोन लिन सकिन्छ ।
बैंकले घर कर्जाका साथै सवारी साधान कर्जा, सुनचाँदी कर्जा, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा, मार्जिन कर्जा, प्रोफेशनल कर्जा, सेवाग्राही कर्जा, पेन्सनर कर्जा योजनाको आयोजना गरेको हो ।
सवारी कर्जा
बैंकले घर कर्जासँगै सवारी साधान कर्जाको पनि योजना ल्याएको छ । सम्बन्धित ब्यक्तिलाई आफ्नो इच्छा अनुसारको सवारी साधन किन्ने सपना पुरा गर्न नेपाल बैंकले नियमक निकायको नियमको परिधिमा रही विभिन्न किसिमका विशेषता सहित सरल कर्जा प्रक्रियामा आफ्नो ब्यक्तिगत तथा ब्यापारिक प्रयोजनका लागि खरिद गर्न सवारी कर्जा प्रस्ताव गरेको हो ।
बैंकले निजी गाडी खरिद गर्न कोटेशन मूल्यको ५० प्रतिशत सम्म (व्यक्तिगत प्रयोजन)को लागि ईलेक्ट्रिक गाडीको हकमा कोटेशन मूल्यको ८० प्रतिशत सम्म लोन दिने प्रतिवद्धता जनाएको छ । बैंकबाट लिएको उक्ता ऋण २ देखि ७ वर्ष भित्र चुक्त गर्नुपर्ने हुन्छ । साथै व्यापारिक प्रयोजनको लागि गाडी खरिद गर्न कोटेशन मूल्यको ६५ प्रतिशतसम्म लोन सकिन्छ ।
मार्जिन कर्जा
नेपाल बैंकले नेपाल स्टक एक्सचेन्जमा सुचीकृत कम्पनीहरूमध्य तोकेका बजारीकरण योग्य अभौतिक सेयरलाई धितो राखि व्यक्तिगत तथा संस्थागत रुपमा न्यूनतम दुई लाखसम्म मार्जिन कर्जा प्रदान गर्दछ । यो कर्जाको १ वर्ष हुनेछ र कर्जा ग्राहकको सन्तोषजनक व्यवहार अनुसार पुनः नवीकरण गर्न सकिनेछ ।
व्यक्तिगत कर्जा (अधिविकर्ष तथा आवधिक कर्जा)
बैंकले अन्य कर्जाको योजना ल्याएसँगै व्यक्तिगत कर्जाको सुविधा पनि ल्याएको हो । यो कर्जा धितोजमानी राखि व्यक्तिगत प्रयोजनको लागि नियामक निकायले तोकेको मापदण्ड पालना गरी प्रदान गरिने कर्जा हो ।
बैंकबाट लिएको उक्त कर्जा २० वर्षसम्म चुक्ता गर्नुपर्नेछ । बैंकले व्यक्तिगत कर्जाको लागि सहज होस भनेर आवधिक कर्जा र अधिविकर्ष कर्जा ल्याएको हो । आवाधिक कर्जामा ५० लाख रुपैयाँ लिन सकिनेछ र साथै ५० लाख भन्दा बढि ऋण लिन चाहेको अवस्थामा अनिवार्य रुपमा प्रयोजन खुलाइ आवश्यक कागजात पेश गर्नुपर्ने व्यवस्था छ । उक्त कर्जा २० वर्षसम्म चुक्ता गर्नुपर्ने हुन्छ । अधिविकर्ष कर्जा.५० लाख रुपैयाँ मात्र लिन सकिन्छ । उक्त कर्जा १ वर्ष भित्र चुक्ता गर्नु पर्नेछ भने वा १ वर्षमा पुनः नवीकरण तथा पुनरावोलकन पनि गर्न सकिन्छ ।
प्रोफेशनल कर्जा
बैंकले प्रोफेशनल व्यक्तिहरूका लागि नयाँ प्रडक्टको योजना ल्याएको हो । बैंकले ल्याएको नयाँ कर्जाको सुविधा लिई आफ्नो आर्थिक आवश्यकहरूता पुरा गर्न सक्छन् । यो कर्जा सुविधा अन्र्तगत अचल सम्पत्ति धितो राखी प्रोफेशनल व्यक्तिहरुले आफ्नो आधारभूत तलव मानको ४८ महिना तलब बराबरको कर्जा उपभोग गर्न सकिने व्यवस्था रहेको छ । पेशागत आवधिक कर्जाको लागि बढिमा १० वर्ष वा जागीर अवधि समाप्त हुने समयमा उक्त कर्जा चुक्ता गर्नुपर्छ ।
शैक्षिक कर्जा
प्रत्येक अभिभावकलाई आफ्ना सन्तानलाई उच्च शिक्षा प्राप्त गर्नको लागि स्वदेश तथा विदेशमा रहेका प्रतिष्ठित कलेज तथा बिश्व बिद्यालयमा पढाउने सपना हुन्छ । उक्त सपना पुरा गर्न बैंकले नयाँ शैक्षिक कर्जा योजना आयोजना गरेको छ । बैंकबाट लिएको सो कर्जाको अवधि ग्रेस अवधि बाहेक १० वर्षसम्म हुनेछ । कर्जा ग्राहक र जमानीकर्ता नेपाली नागरिक हुनुपर्ने र प्रमाणपत्र तह वा सो सरहको योग्यता परिक्षामा कम्तीमा ५० प्रतिशत वा २.५ जीपीए हुनुपर्नेछ ।
सुनचाँदी कर्जा
बैंकले प्रत्येक शाखाबाट सुनचाँदी धितो राखि छिटोछरितो तथा सरल प्रक्रियामा कर्जा प्रदान गर्ने भएको छ । बैंकले प्रदान गर्न उक्त कर्जा लिन योग्यता १८ वर्ष पुरा भएको नेपाली नागरिक हुनुपर्ने छ र नेपाल बैकमा खाता सञ्चालन गरेको ग्राहक हुनुपर्नेछ ।
सेवाग्राही कर्जा
अन्य कर्जा योजनासँगै बैंकले सेवाग्राही कर्जाको पनि सुविधा ल्याएको छ । यो कर्जा बैंकसँग व्यवसायिक कारोबार (संस्थागत निक्षेप वा कर्जा कारोबार) गरिरहेका संस्थामा कार्यरत कर्मचारीहरूलाई कर्मचारीको व्यक्तिगत/घरायसी प्रयोजनको लागि सम्बन्धित संस्थासँगको लागि ऋण लिन सकिनेछ । अधिविकर्ष कर्जा लिएको अवस्थामा एक वर्ष भित्र चुक्ता गर्नुपर्नेछ भने सेवाग्राहीले उक्त कर्जा बढीमा ५ वर्ष भित्र चुक्ता गर्नुपर्छ ।
पेन्सनर कर्जा
विगतमा नेपाल सरकार तथा नेपाल सरकारको स्वामित्वमा रहेका विभिन्न कार्यालय÷संस्थान÷सार्वजनिक निकायहरुबाट अवकाश प्राप्त भई यस बैंकमा रहेको निवृत्तभरण खाता मार्फत निवृत्तिभरण उपभोग गरिरहेका निवृत्तिभरकहरूलाई पेन्सनर कर्जा प्रदान गर्नेभएको छ । ग्राहकको माग र भुक्तानी क्षमता अनुसार रिभल्विंग वा आवधिक कर्जाको रुपमा उपलब्ध हुनेछ । कर्जालाई तोकिएको समयमा पूर्ण रुपमा चुक्ता गर्नुपर्नेछ ।
बैंकबाट आर्थिक रुपमा आफ्नो आवश्यकता पुरा गर्न अधिविकर्ष कर्जा एक वर्षको हुनेछ भने सन्तोषजनक कारोवार गरिरहेका ग्राहकहरूको हकमा कर्जाको म्यादभित्र नवीकरण गर्न सकिनेछ । त्यस्तै आवधिक कर्जाको अवधि ५ वर्ष वा ऋण भुक्तानी अवधि जोडेर हुने उमेर ७५ मध्ये जुनकम हुन्छ सोहि अवधिसम्म चुक्ता गर्नु पर्ने व्यवस्था रहेको छ ।
नेपाल बैंक घडेरी कर्जा
देशको बढ्दो सहरीकरण, बजारको अवस्था, बढ्दो प्रतिस्पर्धात्मक स्थिति र ग्राहकको आवश्यकतालाई ध्यानमा राखी घडेरी खरिद गर्न लागि बैंकले. घडेरी कर्जाको योजना ल्याएको हो । बैंकबाट लिएको सो ऋण ५ वर्षदेखि २० वर्षसम्म चुक्ता गर्नुपर्ने हुन्छ ।