युनिक नेपाल लघुवित्तमा लाग्यो सकरात्मक सर्किट, यस्ता छन् सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ९२ लाख ७२ हजार कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनिक नेपाल लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । मोलुङ हाइड्रोपावरको ९.४६%, समाज लघुवित्तको ८.२०%, भगवती हाइड्रोपावरको ६.७८%, किसान लघुवित्तको ६.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, महिला लघुवित्तको ५.३७%, रावा इनर्जीको ५.१७%, नेपाल वायर हाउजिङको ३.७८%, मन्दाकिनी हाइड्रोपावरको ३.५०%, आरबीबी म्यूचल फण्डको ३.२९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स