चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यशाला माघ १४ देखि १८ गते सम्म भएको थियो ।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गरेको पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिएका थिए ।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन गरिएको थियो । कार्यशालामा ७ जना महिला र ३१ जना पुरुषले विभिन्न संघ संस्थाबाट सहभागिता जनाएका थिए ।

उक्त कार्यशालामा नेपाल टेलिकम, डिस्क मिडिया नेटवर्क, क्लाउड हिमालय लिमिटेड, चौधरी टेक्नो ट्रेडर्स, एस्टाभिजन इन्फोसिस, अलिशा कम्युनिकेशन लिंक प्रालि, पीडीएस सर्भर नेटवर्क प्रा.लि, सुबिसु केबल नेट, टेकमाइन्ड नेटवर्क प्रा.लि, द ब्रिटिस कलेज, वेब नेटवर्क प्रा.लि, वेबसर्फर कम्युनिकेशन , वर्ल्डलिंक कम्युनिकेशन, भायनेट, स्वर्गद्वारी कम्युनिकेशन, र मेड इन्फोटेक प्रा.लि बाट सहभागिता जनाएका थिए ।

इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न यो कार्यशाला फलदायी हुने विश्वास लिइएको छ । कार्यशालामा ३९ जना सहभागी भएका थिए । यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ छनोट भै तालिम मा सहभागी जनाएका थिए ।

पाँच दिन सम्म संचालन भएको कार्यशालामा APNIC, NTA, ISPAN, NREN, Worldlink Communication , Subisu, PCH, Workalaya, Kalash Service, Websurfer, OMNetwork, Techminds, Dishhome, Vianet लगायतले आवश्यक सहयोग गरेका थिए।

कार्यशालाको शुरुवात NPIX का कार्यकारी निर्देशक रुपेश भक्त श्रेष्ठले गरेका थिए भने समापन समाहरोहमा चिफ गेष्टको रुपमा TechMinds Network Pvt Ltd कार्यकरी निर्देशक कमल राज बास्तोला ले सहभागिता जनाएका थिए । NPNOG का अध्यक्ष समित जनाले उक्त कार्यक्रमको समापन गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स