काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पूनजार्गरण (नविकरण) गर्दा बिलम्ब शुल्क छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २१ गतेदेखि आगामी चैत ६ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने ब्याजमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार १८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, ३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट प्रदान गरिने छ ।
यस योजनामा समावेश भएका बीमालेखहरु नविकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ। यस्तो छुट बीमा एकपटक लिइसकेका बीमितलाई बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ ।