सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सुर्योदय वोमी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स