काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख १८ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ९५ रूपैयाँ कायम भएको छ ।