ओमोडा ई-५ गाडी नेपालमा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

काठमाडौं । एसपीजी अटोमोबाइल्स प्रा.लि.ले ओमोडा ई-५ गाडी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरि ओमोडा ई-५ सार्वजनिक गरेको हो ।

ई-५ मा ६१ किलोवाट आवरको उर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ जसले सिंगल चार्जगर्दा ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । गाडीमा ९९ किलोवाटको मोटर दिइएको छ । ई(५ को लम्बाई ४.४ मिटर छ भने यसमा २६३० एमएमको ह्वीलवेस दिइएको छ । त्यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स निकै राम्रो देखिएको छ ।

ओमोडाले ई-५ मा सुरक्षाको लागि ६ वटा एयरव्याग दिएको छ । साथै, एडास फिचर भित्र पर्ने १७ फिचर पनि ग्राहकले यसमा पाउने छन् । ई-५ मा ३६० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर दिएको छ ।

इन्टेरियर कलर टोनका सन्दर्भमा यो गाडी ब्ल्याक इन्टेरियर र ब्लु ह्वाइट स्टिट्चिङ इन्टेरियटर कलर टोनमा उपलब्ध छ भने बाहिरपट्टि ह्वाइट, ब्ल्याक, रेड, ब्लु, अक्वाटिक ग्रिन, ग्रे र सिल्भर कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फास्ट चार्जर (८० किलोवाट चार्जर)मार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको भनाइ छ । ११ किलोवाटले भने यो गाडीलाई चार घण्टामा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ । कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ ।

कम्पनीका अनुसार ई-फाइभमा उच्च गुणस्तरको एलईडी हेडलाइट रहेको छ भने टी आकारको डे टाइम रनिङ लाइट समावेश छ । यसमा २४.६ इन्चको डुअल स्क्रिन छ । क्रोम सेप्डु डोर ह्यान्डल, सोनी स्पिकर, सिम्पल वुडग्रेन डिजाइन यसका थप विशेषता हुन् ।

यसमा पाँचवटा सिट रहेका छन् । त्यस्तै टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ ।

कम्पनीले यसको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स