काठमाडौं । अन्नपूर्ण केबलकार लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले साधारण सभा आगामी फागुन ११ गते कास्की जिल्लाको पोखरा वाटरफ्रन्ट रिसोर्ट लेकसाइडमा दिउँसो २ बजे डाकेको हो ।
सभामा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।