प्रहरी हवल्दार यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

उनले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल असोज ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जानकारी दिएको छ ।

यादवले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै अपराध गरी फरार रहेका प्रतिवादीहरु, विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क” स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स