काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य आजबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार, डिजेल–मट्टितेलमा दुई र एलपी ग्यासमा १५ रूपैयाँले बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
अब काठमाडौंमा प्रतिलिटर पेट्रोलको मूल्य १७० रूपैयाँ, डिजेल, मट्टितेलको मूल्य १५८ रूपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रूपैयाँ कायम भएको छ ।