काठमाडौं । बुधबार, नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ४७ लाख कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, साम्लिङ पावरको ९.८७%, मन्दाकिनी हाइड्रोपावरको ९.६७%, पिपल्स पावर लिमिटेडको ७.६७%, रावा इनर्जीको ५.०५%, पिपल्स हाइड्रोपावरको ४.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, मन्छियम हाइड्रोपावरको ५.८७%, स्वाभिमान लघुवित्तको ५.७८%,उपर स्यांगे हाइड्रोपावरको ५.१५%, मेगा म्यूचल फण्डको ५.१३%, ङादी ग्रुप पावरको ४.९७ प्रतिशतले सेयर मूल्य घटेको छ ।