नेप्सेमा हरियाली छाएसँगै हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५१ लाख कित्ता सेयर ५ अर्ब ५४ करोड ४२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७५ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको २२ करोड २० लाख, नेपाल रि इन्स्योरेन्सको २० करोड ७८ लाख, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स