काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा दावी भुक्तानी गरेको छ ।
कम्पनीको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम बहादुर बुढामगरको रोवरमा निज विमित राम बहादुर घर्तिको श्रीमती काशीमाया घर्तिलाई बीमा वापत १४ लाख रूपैयाँ भुक्तानी गरेको हो ।
सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा नंं ५ निवासी राम बहादुर घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो । सोहि विमितको बीमा रकम कम्पनीले माघ १५ गते उनकै घरमा गई दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो ।