काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ६ औं वार्षिक साधारण सभाबाट सञ्चालक समिति अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन् । सञ्चालकहरू कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्यबाट सञ्चालक समिति बैठकले रतनलाल केडियालाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
आज रतन लाल केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँग पदभार सम्हालेका छन् । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।