माउन्टेन ग्लोरीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एन्ड स्पा सञ्चालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता सेयर निष्काशन गर्न लागेकोृ हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष सुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

एसियन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले ४० करोड रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशन पश्चात रिसोर्टका कोठाहरु थप गरी विदेशी होटलसँग अनुबन्धन गरे पश्चात पाँच तारे होटलको रुपमा सेवा उपलब्ध गराउने योजना बनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । माउन्टेन ग्लोरीले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स