आइएमई लाइफको खुद नाफा ९६.१४ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ११ करोड ९६ लाख रुपैयाँ रहेको नाफा अहिले ९६.१४प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा आकर्षक सुधार आउँदा नाफामा बढोत्तरी आएको हो । लगानी तथा कर्जाबाट पुस मसान्तसम्म ६३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत वर्षको भन्दा ८५.५३ प्रतिशत धेरै हो । कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ११.२० प्रतिशतले बढेर १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ८५ करोड रुपैयाँ छ ।

खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । प्रतिसेयर आम्दानी २.६४ रुपैयाँले बढेर ११.९४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १७७.२७ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स