काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/०७९ को ६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा उनले स्वागत मन्तव्य राखेका थिए ।
कम्पनीको ६ औं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आव २०७८/७९ वार्षिक प्रतिवेदन सहित साविक सानिमा लाइफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आव २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै आव २०७८ /०७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।
सभाले संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरू क्रमशः कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा.सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी तथा सर्वसाधारण सेयरधनी समूहको तर्पmबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशव राज के.सी. र परिक्ष्ीित खेम्का निर्विरोध निर्वाचित भएका छन् ।