लक्ष्मी सनराइज बैंकले थालनी गर्यो डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ । बैंकले नेपाललाई डिजिटल बैंकिङमा रूपान्तरण गर्ने उद्देश्यका साथ आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको हो । एफ वान सफ्टअन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरेको हो । यो सेवा नेपाललाई डिजिटल बैंकिङ परिदृश्यमा रूपान्तरणमा गर्न एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

ओरेन्ज एनएक्सटीले मोबाईल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दति खाता, गोल बेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने विश्वास लिइएको छ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय बिक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओरेन्ज एनएक्सटीको कोशेढुङा सावित हुन सक्छ ।

परम्परागत मोबाईल बैंकिङ सेवालाई समेत समानान्तर रूपमा विकास गर्दै, ओरेन्ज एनएक्सटी मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।

फोनएनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्ज एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास रहेको छ ।

यस अभूतपूर्व यात्रामा आफ्नो विशिष्ट फिन टिच दक्षताको माध्यमबाट ओरेन्ज एनएक्सटीको सेवालाई थप उचाई दिने रणनैतिक सहभागिताको लक्ष्मी सनराइन बैंकले सराना गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स