सरकारद्वारा रासायनिक मल किन्न सबैभन्दा धेरै स्रोत सहमति

काठमाडौं । सरकारले रासायनिक मल खरिद गर्न मात्र १५ अर्ब १८ करोड रुपैयाँको सबैभन्दा धेरै स्रोत सहमति दिइएको छ । यो कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको हो ।

अर्थ मन्त्रालयका अनुसार विसं २०८० पुसमा २९ अर्ब २६ करोड ९८ लाख ९३ हजारबराबर बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको छ ।

सिंहदरबार ग्यालरी बैठकको रेट्रोफिटिङ गर्न ६० करोड रुपैंयाँ र श्रीमहल भवन पुनर्निर्माण कार्यका लागि २० करोड रुपैंयाँ थप स्रोत सहमति दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पुष्पलाल राजमार्ग र मदन भण्डारी राजमार्गका विभिन्न खण्डका लागि स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स