आयात र निर्यात दुबैको ग्राफ माथि चढ्यो, ३ महिनामा पौने ५ खर्बको आयात हुँदा ६५ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आयात र निर्यात दुबै बढेको छ । साउनदेखि असोजसम्म ६३.७३ प्रतिशतले आयात बढ्दा निर्यात १०९.५४ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७८ अर्ब ५२ करोडको आयात हुँदा ६५ अर्ब ५ करोड मूल्य बराबरको मालवस्तुका निर्यात भएको छ ।

आर्थिक वर्षको सो अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँको आयात हुँदा ३१ अर्ब ४ करोड रुपैयाँको मात्र निर्यात भएको छ । तथ्यांक अनुसार चालु आवमा भएको निर्यात गत आवको डब्बलभन्दा बढी हो ।

निर्यात बढेपनि व्यापार घाटा भने घट्न सकेको छैन । समीक्षा अवधिको तुलनामा व्यापार घाटा ५८.२८ प्रतिशतले बढेको छ । चालु आवमा कुल ५ अर्ब ४३ अर्ब ७५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

कुल वैदेशिक व्यापारमा आयात निर्यातको रेसियो घटेपनि अझै पनि कुल वैदेशिक व्यापारमा आयातको ८८.०३ प्रतिशत रहेको छ । सो व्यापारमा निर्यातको अंक भने ११.९७ प्रतिशतमात्र रहेको छ । गत आर्थिक वर्षको सो अवधिमा आयातको अंक ९०.४० प्रतिशत र निर्यातको अंश ९.६० प्रतिशत थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स