पौने ४ अर्बको कारोबार हुँदा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । नेप्से परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौंथो दिन आज नेप्से परिसूचक १०.२५ अङ्कले घटेर २ हजार ८८.०४ को बिन्दुमा सीमित भएको छ ।

आज ३ सय ११ कम्पनीका एक करोड १० लाख ४९ हजार नौ सय ४९ कित्ता सेयर ९० हजार दुई सय १० पटक खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ बराबरको कारोबार भएका छन् ।

नेप्से ओरालो लाग्दा आज १५३ सूचीकृत कम्पनीको सेयर ओरालो लागेको छ। तेह्रथुम पावरको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

एनएमबी लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, कामना सेवा, हाथवे, लिवर्टी इनर्जी, श्वेत गंगा, मानुषि लघुवित्त, तमोर र थी्र स्टारको शेयर मूल्यमा गिरावट आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स