मंगलबार नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से सूचक ०.४० विन्दुले घटेर २०९८.२९ अंकमा अडिएको छ । आज ४ अर्ब २९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

मंगलबार ३०१ सूचीकृत कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

६ कम्पनीको उपसूचक बाहेक सबैमा राताम्मे भएको छ । एक साताअघि दोस्रो बजारमा कारोबार सुचारु गरेको हिमालयन रि इन्स्योरेन्स एक्लैकै ५५ करोड माथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स