नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म बोनस

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । नेपाल बिमा प्राधिकरणको स्विकृती लिएर कम्पनीले प्रतिहजार बिमालेख बराबर अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ ।

सार्वजनिक भएको बोनस दर अनुसार जीवन सारथी जीवन बीमा पोलिसीको २६ वर्षभन्दा बढि समयका बीमा पोलिसीको बोनसदर ८५ रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि बीमा पोलिसीको अवधी अनुसार अधिकतम् ८२ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनसदर तोकिएको छ । कम्पनीले सावधिक जीवन बीमालेख नौलो सुरक्षित र नौलो केटाकेटी बीमालेखको बोनसदर न्यूनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म तोकिएको छ ।

सार्वजनिक भएको बोनस दर अनुसार सावधिक जीवन बीमा पोलिसी अन्तर्गतकै जीवन समुन्नतका बीमितले न्यूनतम् ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सोही विधाको जीवन साहारा बीमा पोलिसीमा न्यूनतम ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

बिमालेखको अवधिअनुसार १० वर्षसम्म, ११ वर्षदेखि १५ वर्षसम्म र १६ वर्षदेखि २० वर्षसम्मका लागि प्रतिहजार बिमालेख बराबर ६० रुपैयाँ बोनस तोकेको हो । २६ देखि ३० वर्ष र ३० वर्ष देखि माथिका सबै बिमालेखमा भने कम्पनीले ८२ रुपैयाँ बोनस दिनेछ ।

यस्तै सावधिक जीवन बिमालेख अन्र्तगत नौलो केटाकेटी जीवन बिमामा कम्पनीले न्यूनतम ६५ रुपैयाँ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

१० वर्ष, ११ देखि १५ वर्ष र १५ देखि २० वर्ष अवधिका बिमालेखमा ६५ रुपैयाँ र २१ वर्ष देखि २५ वर्षसम्मका बिमालेखमा ७२ रुपैयाँ बोनसदर कायम गरेको हो । यस्तै २६ वर्ष देखि ३० वर्ष र ३० वर्षभन्दा माथि अवधि भएका बीमालेखमा भने ८२ रुपैयाँ बोनस दिनेभएको छ ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गतकै जीवन समुन्नत बीमालेखमा भने न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा ६० देखि ८२ रुपैयाँसम्मको बोनस दिनेभएको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेखमा र धन वर्षा १५ र २० का बीमालेखमा भने कम्पनीले ५० रुपैयाँ बोनसदर कायम गरेको छ। अन्य समूह अन्तर्गतका जीवन सारथी बीमामा भने कम्पनीले अधिकतम ६२ रुपैयाँ देखि ८५ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको बोनसदरको आधारमा नेपाल लाइफको सर्वोत्कृष्ट बोनसदर कायम गर्न सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स