एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा शाखा स्तरीय अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार माघ ६ गते शनिबार लुम्बिनी प्रदेशको कार्यक्रम सिद्धार्थ कटेज बुटवलमा सम्पन्न भएको थियो। कर्णाली प्रदेशमा माघ ७ गते आइतबार उक्त कार्यक्रम सुर्खेतको सिद्धार्थ होटेलमा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक, सीइओ लगायतका उच्च तहका कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स