काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले कर्मचारी माग गरेको छ । आयोगले आज एक सूचना जारी गरि विभिन्न सेवा र समूहमा गरी कुल १ हजार ११३ जनाको दरखास्त आह्वान गरेको हो ।
आयोगले बागमति प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौं तहका खुला तथा समावेशीबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गतेसम्म रहेको छ ।
यस्तो छ सूचना :