काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ ।
बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।