४ विकास बैंकसहित एक फाइनान्स राष्ट्र बैंकको कारवाहीमा, यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गर्ने ४ वटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले कारवाही गरेको छ ।

एक्सेलले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरूको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको सावाँ ब्याज चुक्ता हुने आधारलगायतका विवरणहरुको विश्लेषण नगरेको र कर्जाको सदुपयोग भएको पनि नपाइएको भन्दै सञ्चालक समितिलाई सचेत गराएको छ ।

गरिमा विकास बैंकलाई भने कालिका लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्षले संस्थाको अध्यक्षबाट राजीनामा गरेको एक वर्ष पूरा नहुँदै आफ्नो नाममा रहेको कर्जा नियमित गर्न सेयर धितो कर्जा दिने कार्यमा संलग्न रहेको पाइएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावत र तत्कालीन अध्यक्ष राजेन्द्र विर रायलाई ५ लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।

सिन्धु विकास बैंकको सञ्चालक समितिका अध्यक्ष तथा सबै सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतलाई समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर रहेको बताउँदै नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।

रिलायन्स फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई निक्षेपकर्ताको हितविपरीत कार्य गरेको भन्दै राष्ट्र बैंकले नसिहत दिएको छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/01/Enforcement-Action-FY-2080.81-First-Quarter.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स