साढे ७ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड २८ लाख कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५६ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१ लाख, अपी पावरको २० करोड ८२ लाख, नेपाल रि इन्स्योरेन्सको २० करोड १३ लाख, सोनापुर मिनरल्सको १९ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स