बीवाईडी सिल तीन भेरियन्टमा नेपाल भित्रियो, यस्तो छ मूल्य

काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिल सेडानलाई नेपाल भित्र्याएको छ ।

बीवाइडीको सबैभन्दा प्रिमियम मोडल सिल विभिन्न तीन भेरियन्टमा सार्वजनिक भएको हो । नेपाली बजारमा सो इलेक्ट्रिक सेडान डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरिएन्टमा उपलब्ध भएको छ ।

बीवाईडी सिल डाइनामिकमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर रहेको यसले सिंगल चार्जमा ४६० किलोमिटर (डब्ल्युएलटीसी) रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा रहेको मोटरको सहायताले सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केबल ७.५ सेकेन्ड मात्रै लगाउने छ । यसको मूल्य १ करोड ५ लाख रुपैयाँ रहेको छ ।

रियर ह्वील ड्राइभ अप्सनमा आउने डाइनामिक भेरियन्टमा १८ इन्चको अलोय ह्वील, १५.६ इन्चको रोटेड टचस्कृन जस्ता फिचर पाउन सकिन्छ । यसमा बुट स्पेश भने ४५० लिटर क्षमताको छ ।

सिलको दोस्रो भेरियन्ट प्रिमियम हो । यसमा ८२.५६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । यसलाई सिंगल चार्ज गर्दा ५७० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा २३० किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ ।

कम्पनीले यसमा डाइनामिक भेरियन्टकोभन्दा १ इन्च ठूलो ह्वील दिएको छ । यसमा रहेको १९ इन्चको अलोय ह्वीलले यसको प्रिमियमनेसलाई थप बलियो बनाएको छ । डाइनामिक भेरियन्टभन्दा केहि बढी कर्भ वेट भएको प्रिमियम भेरियन्ट पनि रियर ह्वील ड्राइभमा उपलब्ध हुनेछ । यसमा १५.६ इन्चको रोटेड टचस्कृन पाउन सकिन्छ । कम्पनीले यसको मूल्य १ करोड ३९ लाख रुपैयाँ तोकेको छ ।

बीवाइडी सिलको टप भेरियन्ट पर्फमेन्स हो । नामले नै यसको पावरलाई झल्काउँछ । कम्पनीले यो भेरियन्टलाई अल ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । यसमा ३९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । नेपालमा उपलब्ध सबैभन्दा पावरफुल इलेक्ट्रीक कार बन्ने देखिन्छ । यसले केबल ३.८ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्नेछ ।

अल ह्वील ड्राइभ र ठूलो मोटर भएको कारण यसमा रहेको ८२.५६ किलोवाट आवरको ब्लेड ब्याट्रीलाई फुल चार्ज गरेर चलाउँदा ५२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । कम्पनीले यसको मूल्य १ करोड ८५ लाख रुपैयाँ तोकेको छ ।

बीवाईडी सिल, आर्कटिक निलो, अरोरा सेतो, कज्मोस कालो र एटलान्टिस ग्रे गरि ४ स्ट्यान्डर्ड रंगहरूमा उपलब्ध हुनेछ।

बीवाईडीका अहिले नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर, १५ चार्ज प्वाइन्टहरु छन् र यी तीनैवटा क्षेत्रमा पूर्वधार विस्तार सञ्जाल
भइरहेको छ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स