नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको सचिव नै टेलिकमको अध्यक्ष हुने प्रावधान छ ।

नवनियुक्त अध्यक्ष सुवेदीले पुस २६ गते गोपनीयता र इमान्दारीताको सपथ लिएका छन् ।

यसअघि टेलिकमको पूर्व पदाधिकारी कृष्ण बहादुर राउत थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स