काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले सेयरधनी राधिका कार्कीको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक जो कोहीले आज शुक्रबार (माघ ५ गते) बाट ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान(१२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।