युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश समेत गरि कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स