हिमालयन लाइफ इन्स्योरेन्सको ५ महिनाको व्यवसाय ६ अर्ब ७९ करोड ९० लाख

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ५ महिनामा ६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आवको साउनदेखि मंसिर महिनामा प्रथम बीमा र नवीकरण बीमा गरी कम्पनीले १८ हजार ४७८ बीमा पोलिसी जारी गरेर उक्त व्यापार गरेको हो ।

साउनदेखि मंसिर महिनामा प्रथम बीमा र नवीकरणबाट हिमालयन लाइफ इन्स्योरेन्सले करिब पौन ७ अर्बको बीमा व्यवसाय गरेको हो । सोमध्य नवीकरण बाट १ अर्ब ७३ करोड १६ लाख प्रिमियम संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । चालु आवको सोही अवधिमा कम्पनीले प्रथम बीमा शुल्कमार्फत ८१ करोड १३ लाख आर्जन गरेको छ ।

इन्स्योरेन्स कम्पनीले मंसिर महिनामा ३ हजार ८५५ बीमा पोलिसी जारी गरेर १ अर्ब ४३ करोड ३४ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कार्तिक महिनाको तुलनामा मंसिरमा कम्पनीको गरेको व्यवसाय ४५.४९ प्रतिशतले बढी हो ।

कार्तिक महिनामा कम्पनीको व्यवसाय ३०.७४ प्रतिशतले घटेको थियो । कम्पनीले प्रथम र नवीकरण बीमामा २ हजार ३३० बीमा पोलिसी जारी गरेर ९८ करोड ५१ लाख प्रिमियम संकलन गरेको हो । कार्तिक महिनामा ३०.७४ प्रतिशतले व्यापार घटेको सो कम्पनीको व्यवसाय मंसिर महिनामा ४५.४९ प्रतिशतले बढेको हो ।

कम्पनीले असोज महिनामा ३ हजार ८९१ बीमा पोलिसी जारी गरेर १ अर्ब ४२ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको व्यवसाय भदौ महिनामा ३९.४३ प्रतिशतले वृद्धि भएको व्यापार असोज महिनामा ४७.३४ प्रतिशतले व्यवसाय घटेको होे ।

कम्पनीले भदौ महिनामा प्रथम बीमा र नवीकरण बीमा गरी २ हजार ८३२ बीमा पोलिसी जारी गरेर १ अर्ब २ करोड २ लाख प्रिमियम संकलन गरेको थियो ।

असार महिनाको तुलनामा साउन महिनाको व्यवसाय ९.७७ प्रतिशतले बढी भएको हो । कम्पनीले साउन महिनामा ५ हजार ५७० बीमा पोलिसी जारी गरेर १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स