१० ब्रोकर कम्पनीले गरे ८० प्रतिशत सेयर कारोबार,कसको कति ?

काठमाडौं । आज साताको अन्तिम दिन बिहीबार १० ब्रोकर कम्पनीले कुल सेयर कारोबारको ७९.५७ प्रतिशत रुपैयाँको कारोबार गरेका छन् । आज कुल ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार हुँदा १० ब्रोकरले मात्रै साढे ६ अर्ब रुपैयाँको सेयर कारोबार गरेका हुन् ।

सबै भन्दा बढि नासा सेक्युरिटिज्ले सेयर कारोबार गरेको छ । बिहीबार कम्पनीले १ अर्ब २० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार गरेको हो । कम्पनीले ४५ करोड ४६ लाख रुपैयाँको सेयर खरिद गर्दा ७४ करोड ८५ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

बिहीबार भृकुटि सेक्युरिटिज्ले ६८ करोड ९५ लाख रुपैयाँको सेयर खरिद गर्दा १० करोड ९९ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । आज बिहीबार कम्पनीले ७९ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार गरेको हो ।

बढि सेयर कारोबार गर्ने भिजन सेक्युरिटिज्ले बिहीबार ७९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । सो कम्पनीले ४४ करोड ८ लाख रुपैयाँको सेयर खरिद गर्दा ३५ करोड ३० लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

सानी सेक्युरिटिज्ले २८ करोड ३ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ३९ करोड ३० लाख रुपैयाँको सेयर बिक्री गरेको छ। सो कम्पनीले साताको अन्तिम दिन बिहीबार ६७ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

त्यसैगरी बढि सेयर कारोबार गर्ने अनलाइन सेक्युरिटिज्ले ६२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । सो कम्पनीले २८ करोड ७९ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ३३ करोड ९९ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

इम्पेरियल सेक्युरिटिज्ले २७ करोड १० लाख रुपैयाँको सेयर खरिद गरेर ३४ करोड ६३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । बिहीबार कम्पनीले ६१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

आर्यतारा सेक्युरिटिज्ले ५३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । सो कम्पनीले बिहीबार २३ करोड ६७ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने २९ करोड ६३ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

बढि सेयर खरिद गर्ने दिपशिखा धितोपत्र खबरले ४६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार गरेको छ । सो कम्पनीले २० करोड १ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने २६ करोड ५९ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

कोहिनुर इन्भेष्टमेन्ट सेक्युरिटिज्ले १३ करोड ८० लाख रुपैयाँको सेयर खरिद गरेको छ भने २६ करोड ८० लाख रुपैयाँको सेयर बिक्री गरेको छ । बिहीबार कम्पनीले ४० करोड ६१ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

डाइनामिक मनी म्यानेजर सेक्युरिटिज्ले ३८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले २० करोड २२ लाख रुपैयाँको सेयर खरिद गरेर १८ करोड ४६ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स