यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ११ लाख कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको ३० करोड १८ लाख, ङादी ग्रुपको २३ करोड ४९ लाख, रिडी पावर कम्पनीको १६ करोड ९८ लाख, नेपाल वायर हाउजिङको १५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स