आरएसडीसी लघुवित्तको नाफा घट्दा अन्य सूचकांक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ । अघुवित्तको खुद नाफा १२.७३ प्रतिशतले घटेर ६ करोड ९३ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसले खुद नाफा प्रभावित पारेको हो ।खुद ब्याज आम्दानी १७.३२ प्रतिशतले घटेर १२ करोड २० लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख ६ हजार रुपैयाँमा आएको छ ।

खराब कर्जा १.०१ प्रतिशतले बढेर १.८२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा खराब कर्जा ०.८१ प्रतिशत थियो । पुस मसान्तसम्म आइपुग्दा आरएसडीसी लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स