साढे ९ अर्बमाथिको कारोबार हुँदा हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ३५ लाख कित्ता सेयर ९ अर्ब ७६ करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६५ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुपको ३३ करोड १६ लाख, सोनापुर मिनरल्सको २९ करोड ८२ लाख, मुक्तिनाथ कुषि कम्पनीको २४ करोड ५० लाख, निफ्राको २३ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स