बालबालिका विरुद्धको कसुरमा विदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिका विरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट ४४ वर्षीय क्यानेडियन नागरिक रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला परेका थिए ।

किन्क्लेलाई पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले जानकारी दिए । उनको साथबाट ल्यापटप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स