मुक्तिनाथ क्यापिटलले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा बोलाएको छ । क्यापिटलले २३ कात्तिकमा हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य एजेन्डासहित मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो ।

सभा भर्चुअल माध्यमबाट शुरु हुनेछ । साधारणसभाको लिंक कम्पनीलार्ई प्राप्त सेयरधनीको ईमेल ठेगानामा पठाइने क्पयापिटलले जनाएको छ ।

सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोहीबमोजिम थपघट, परिवर्तन वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स