साहस उर्जाले ३४१ मेगावाटको बूढीगण्डकी आयोजना निर्माण गर्ने

काठमाडौं । साहस उर्जा लिमिटेडले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालन गर्ने भएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी ‘टाइम्स इनर्जी प्रा.लि.’ लाई एक्वायर गर्ने भएपछि उक्त आयोजना साहस उर्जालाई बिक्री गरेको हो।

उक्त आयोजनाको आर्थिक तथा प्राविधिक पक्षको प्रस्तुती तथा छलफलबाट आयोजना निर्माण तथा सञ्चालना लागि उपयुक्त देखिएकोले उक्त परियोजनाको प्रवर्द्धक टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने क्रममा गर्ने समझदारीपत्रको मस्यौदा तथा सर्तहरु निर्धारण गरी समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि कम्पनी सञ्चालक समितिका प्रबन्ध सञ्चालक सुशील थापालाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स