काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा ५ इन १ बचत खाता’ सेवा सार्वजनिक गरेको छ ।‘गरिमा ५ इन १ बचत खाता’मा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १ हजार रूपैयाँमा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ , वेब बैकिङ, एटीएमः, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो सेयर खाता साथै लकर फयासिलिटीमा ५० प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ ।
यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ. ।
गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो । काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ सेव प्रवाह गरिरहेको छ ।