सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५ महिनाको व्यापार १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीले साउन महिनादेखि मंसिरसम्म १ लाख १९ हजार ५१३ बीमा पोलिसी जारी गरेर करिब २ अर्बको व्यापार गरेको हो । पाँच महिनामा कम्पनीको व्यापार १६.२८६ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको यो अवधिमा कम्पनीले सबै भन्दा बढि व्यवसाय साउन र असोज महिनामा गरेको देखिन्छ । व्यापारको हिसाबले साउन र असोज महिना भएपनि साउन महिनाको तुलनामा कम्पनीको व्यापार भदौमा ५१.८९ प्रतिशले वृद्धि भएको नेपाल बीमा प्राधिकरणले तथ्यांङमा उल्लेख गरिएको छ ।

मंसिर महिनामा कम्पनीको ९.८९ प्रतिशतले वृद्धि भएको छ । २३ हजार २८० बीमा पोलिसी जारी गरेर २६ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आवको सोहि अवधिमा कार्तिक महिनामा २० हजार ७६३ बीमा पोलिसी जारी गरेर २८ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । सो महिनामा कम्पनीको व्यवसाय ४०.०७ प्रतिशतले वृद्धि भएको हो । मंसिर महिनाको तुलनामा कार्तिक महिनामा कम्पनीको वृद्धि ४० प्रतिशतले भएको हो ।

कम्पनीले असोज महिनामा २८ हजार ५१२ बीमा पोलिसी जारी गरेर ४० करोड २९ लाख प्रिमियम संकलन गरेको थियो । कम्पनीको व्यवसाय भने (९.८८ प्रतिशत)ले वृद्धि भएको थियो । ५ महिनामा ५१.८९ प्रतिशतले वृद्धि भएको भदौ महिनाको तुलनामा असोज महिनामा ९.८८ प्रतिशतले वृद्धि घटेको हो ।

कम्पनीले भदौ महिनामा २२ हजार ४७८ बीमा पोलिसी जारी गरेर ३६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै कम्पनीले साउन महिनामा (१०.५४ प्रतिशत)ले वृद्धि गरेको थियो । २४ हजार ४८० बीमा पोलिसी जारी गरेर ५५ करोड १५ लाख प्रिमियम संकलन गरेको थियो । सो कम्पनीको असार महिनाको तुलनामा साउन महिनामा (१०.५४ प्रतिशत)ले वृद्धि भएको तथ्याङकमा देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स