प्रभु इन्स्योरेन्सको ५ महिनाको बीमा शुल्क ८४ करोड १४ लाख

काठमाडौं । प्रभु इन्स्योरेन्सले पाँच महिनामा ८४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ । कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ४७ हजार २४९ बीमा पोलिसी जारी गरेर सो बीमा शुल्क आर्जन गरेका हो । निर्जीवन बीमा व्यवसाय गर्ने यस कम्पनीले चालु आवमा औसतमा १४.५९४ प्रतिशतले व्यापार वृद्धि गरेको छ । चालु आवको पाँच महिनामा कम्पनीको सबै भन्दा बढी व्यापार साउन महिनामा भएको छ ।

चालु आवको यो अवधिमा कम्पनीले मंसिर महिनामा १३ हजार २७९ बीमा पोलिसी जारी गरेर १३ करोड ५३ लाख प्रिमियम संकलन गरेको छ । कार्तिक महिनामा ८.०४ प्रतिशतले वृद्धि भएको कम्पनीको व्यवसाय मंसिर महिनामा ३.६२ प्रतिशत रहेको छ ।

कार्तिक महिनामा ९ हजार २९५ बीमा पोलिसी जारी गरेर १४ करोड २ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जान गरेको थियो । कम्पनीको व्यापार असोज महिना र कार्तिक महिनामा बराबरी ८ प्रतिशतले वृद्धि भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

कम्पनीले असोज महिनामा ९ हजार ३८९ बीमा पोलिसी जारी गरेर १५ करोड १५ लाख प्रिमियम आर्जन गरेको थियो । त्यसैगरी भदौ महिनामा ७ हजार ३२१ बीमा पोलिसी जारी गरेर १६ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । साउन महिनामा कम्पनीले ७ हजार ९६५ बीमा पोलिसी जारी गरेर २५ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको साउन महिनामा बढी व्यापार गरे पनि भदौ महिनामा कम्पनीको व्यापार ५३.१४ प्रतिशतले वृद्धि भएको हो । असार महिनाको तुलनामा साउन महिनामा कम्पनीको व्यापार ०.१३ प्रतिशतले वृद्धि भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स