कुमारी बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । कुमारी बैंकले २३औं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।

बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्नेछ ।

बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ माघ ८ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स