होटल संघ नेपालका पूर्व अध्यक्ष श्रेष्ठको मृत्यु

काठमाडौं । होटल संघ नेपालका पूर्व अध्यक्ष गौतमदास श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको ८३ वर्षको उमेरमा कार्तिक ८ गते (सोमबार) ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वि.सं. १९९५ सालमा काठमाडौंको तुम्बहालमा जन्मेका स्वर्गीय श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए ।

उनले विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् १९९३ देखि सन् १९९८. सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए । उनको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स