काठमाडौं । आइतबार, नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ६६ लाख कित्ता सेयर ५ अर्ब ४५ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथु पावर कम्पनी, मध्य भोटेकाशी जलविद्युत, माथिल्लो मैलुन खोला जलविद्युतमा १०%, त्रिशुली जलविद्युत, मुक्तीनाथ कृषि कम्पनी, नेपाल वयरहाउजिङ, हिमालयर रि इन्स्योरेन्समा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।